मधेसी सेवा समाज मेचीनगरको अध्यक्षमा गुप्ता
मेचीनगर । मधेसी सेवा समाज मेचीनगरको अध्यक्षमा गोपाल प्रसाद गुप्ता चयन भएका छन् । शनिबार मेचीनगर-१०, धुलाबारी बजार स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा सम्पन्न समाजको वार्षिक साधारणसभाले गोपाल प्रसाद गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाले समाजको वरिष्ठ उपाध्यक्षमा चन्द्रिका प्रसाद साह, उपाध्यक्षमा त्रिभुवन चौधरी, महासचिवमा शिव शंकर शाह र सचिवमा जितेन्द कुमार गुप्तालाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शम्भु झा, बसन्ती साह, भुलन ठाकुर, रामाशंकर साह, मधुमिता साह, सत्यनारायण गुप्ता, प्रभुनारायण चौधरी, दिनेश गुप्ता, र रामदयाल गडेरी रहेका छन् ।
मधेसी सेवा समाज मेचीनगर अध्यक्ष लक्षेन्द्रप्रसाद यादवको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभामा मेचीनगर कार्यापालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, रामकुमार मण्डल, गोपालप्रसाद गुप्ता, प्रदिप प्रसाद चौधरी, सत्यनारायण गुप्तालगायतको आतिथ्यता रहेको थियो । त्रिभुवन चौधरीले स्वागत गरेको कार्यक्रम सञ्चालन मधेसी सेवा समाज मेचीनगर सचिव शिव शंकर साहले गरेका थिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

