मंग्रान्ती र आचार्यसहित छानिए १७ प्रतिनिधि
काँकडभिट्टा । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि झापा क्षेत्र नं १ बाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । शुक्रबार क्षेत्रीय पार्टी कार्यलय काँकडभिट्टामा प्रदेश अधिवेशनका लागि प्रतिनिनिधि सर्वसम्मत चयन गरिएको हो । प्रथम कोशी प्रदेश अधिवेशनका लागि नेकपा एमाले सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक टिका मंग्रान्ती र प्रस चौतारीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य लगायत १७ जना लाई प्रतिनिधिको रुपमा सर्वसम्मत चयन गरिएको हो ।
प्रथम पटक हुन लागेको एमाले कोशी प्रदेश अधिवेशनका लागि झापा क्षेत्र नं १ बाट मंग्रान्ती, आचार्य लगायत मेचीनगर अध्यक्ष राजकुमार पोख्ररेल, राजु कार्की, देवकुमार राई, डिल्लीराम घिमिरे, चन्द्र प्रसाइ, हरिदास ढुङ्गान ,हरि घिमिरे, लक्ष्मीप्रसाद उप्रेती, रेनुका डाँगी, संगिता थापा, रमा भण्डारी, शोभा खवास, निर्मला परियार, प्रितम काफ्ले र कृष्ण कनाल रहेका छन् ।
नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन असोज १२ र १३ गते विराटनगरमा आयोजना हुदैँछ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
