मंग्रान्ती र आचार्यसहित छानिए १७ प्रतिनिधि
काँकडभिट्टा । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि झापा क्षेत्र नं १ बाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । शुक्रबार क्षेत्रीय पार्टी कार्यलय काँकडभिट्टामा प्रदेश अधिवेशनका लागि प्रतिनिनिधि सर्वसम्मत चयन गरिएको हो । प्रथम कोशी प्रदेश अधिवेशनका लागि नेकपा एमाले सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक टिका मंग्रान्ती र प्रस चौतारीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य लगायत १७ जना लाई प्रतिनिधिको रुपमा सर्वसम्मत चयन गरिएको हो ।
प्रथम पटक हुन लागेको एमाले कोशी प्रदेश अधिवेशनका लागि झापा क्षेत्र नं १ बाट मंग्रान्ती, आचार्य लगायत मेचीनगर अध्यक्ष राजकुमार पोख्ररेल, राजु कार्की, देवकुमार राई, डिल्लीराम घिमिरे, चन्द्र प्रसाइ, हरिदास ढुङ्गान ,हरि घिमिरे, लक्ष्मीप्रसाद उप्रेती, रेनुका डाँगी, संगिता थापा, रमा भण्डारी, शोभा खवास, निर्मला परियार, प्रितम काफ्ले र कृष्ण कनाल रहेका छन् ।
नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन असोज १२ र १३ गते विराटनगरमा आयोजना हुदैँछ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
