सामाजिक समस्यामा आधारित टेलिसिरियल ‘सीता’को ट्रेलर सार्वजनिक
झापा । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा आउँदै गरेको टेलिसिरियल सीताको ट्रेलर सार्वजनिक भएको छ।
आरटी इन्टरटेनमेन्टमार्फत सार्वजनिक ट्रेलरमा गरिबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरूलाई मुख्य रूपमा उठान गरिएको निर्माण पक्षको दाबी छ।
सीता नाम दिएर सिरियलमा बिम्बको रूपमा प्रस्तुत गरिएको छ। सीताको भूमिकामा सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छिन्। त्यस्तै, सिरियलमा लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ।
त्यस्तै, बालकृष्ण ओलीले सीताको जँड्याहा श्रीमानको भूमिका निभाएका छन् भने ट्रेलरमा राजु भुजू, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, वासु खनाल, उत्तम आचार्यलगायतको मुख्य भूमिका देख्न सकिन्छ।
यही ८ असोज राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियलले दर्शकश्रोताहरूको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको जनाएको छ।
८ बजे हिमालय टेलिभिजनबाट प्रसारण भएपछि ८ः३० मा आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिनेछ। प्रत्येक मंगलबार ८ बजे हिमालय टेलिभिजन र आरटी इन्टरटेनमेन्टमा सीता सिरियल हेर्न सकिनेछ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
