सामाजिक समस्यामा आधारित टेलिसिरियल ‘सीता’को ट्रेलर सार्वजनिक
झापा । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा आउँदै गरेको टेलिसिरियल सीताको ट्रेलर सार्वजनिक भएको छ।
आरटी इन्टरटेनमेन्टमार्फत सार्वजनिक ट्रेलरमा गरिबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरूलाई मुख्य रूपमा उठान गरिएको निर्माण पक्षको दाबी छ।
सीता नाम दिएर सिरियलमा बिम्बको रूपमा प्रस्तुत गरिएको छ। सीताको भूमिकामा सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छिन्। त्यस्तै, सिरियलमा लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ।
त्यस्तै, बालकृष्ण ओलीले सीताको जँड्याहा श्रीमानको भूमिका निभाएका छन् भने ट्रेलरमा राजु भुजू, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, वासु खनाल, उत्तम आचार्यलगायतको मुख्य भूमिका देख्न सकिन्छ।
यही ८ असोज राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियलले दर्शकश्रोताहरूको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको जनाएको छ।
८ बजे हिमालय टेलिभिजनबाट प्रसारण भएपछि ८ः३० मा आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिनेछ। प्रत्येक मंगलबार ८ बजे हिमालय टेलिभिजन र आरटी इन्टरटेनमेन्टमा सीता सिरियल हेर्न सकिनेछ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...