प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलाप भव्य

इटाभट्टा । प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलाप कार्यक्रम भव्य रुपमा सम्पन भएको छ । शनिवार माउन्ट पोइन्ट इङलिस सेकेण्डरी स्कुल चारआलीमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
प्याब्सन मेचीनगर अन्तरगत आवद्ध ३७ वटा विद्यालय मध्ये अतिरिक्त कार्यक्रममा २२ वटा विद्यालयले सहभागिता जनाएका थिए । झापा प्याब्सनको वार्षिक कार्ययोजना अनुसार १५ वटै पालिकाहरुमा एकै पटक कार्यक्रम सम्पन्न भएको हो ।
आकस्मिक वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ र १० का छात्र छात्रा, कक्षा १० सम्म कविता लेखन तथा वाचन, हाजिरीजवाफ प्रतियोगिता कक्षा ५ सम्म र कक्षा ८ सम्मका छात्र छात्राको अंग्रेजी हिज्जे लेखन, चित्रकला प्रतियोगिता, निबन्ध लेखन लगायतका विद्यामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कविता विद्यामा भने नौलो मुल्याङ्कन विधि प्रयोग गरि फरक फरक विद्यार्थीहरुमा फरक फरक सिप तथा प्रतिभा हुन्छ भन्ने मान्यता राखी प्रथम, दोस्रो र तेस्रो हुने गरि चलिआएको मुल्याङ्कन विधिलाई बदलेर सहभागी सबै विद्यार्थीहरुको प्रतिभालाई पहिचान गरि पुरस्कृत गरिएको प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले जानकारी दिए ।
कार्यक्रममा प्याब्सन मेचीनगरका उपाध्यक्ष बिक्रम क्षेत्री, कोषाध्यक्ष कमल भेट्टवाल, सचिव नेत्र खतिवडा सदस्य योगराज मैनाली, शान्ति गजमेर, विजय भट्टराईको सक्रिय सहभागिता रहेको थियो । प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमूख अतिथि प्याब्सन कोशी प्रदेश सदस्य अजय आले मगर रहेका थिए ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...