राष्ट्रिय युवा संघ नेपाल मेचीनगर निर्वाचन : अध्यक्षमा कन्दङ्वा र राजवंशी भिड्दै
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल मेचीनगरको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि सोमवार निर्वाचन हुन लागेको हो । सोमवार बिहान ८ बजेदेखी नेकपा एमाले क्षेत्रीय पार्टी कार्यालय काँकरभिट्टामा चुनाव हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए ।
शनिवार मेचीनगर–१ गाडागल्लीमा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल मेचीनगरको प्रथम अधिबेशनले ५ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । जसको संयोजकमा राजु कार्की, सदस्यहरुमा सन्तोष आचार्य, राज आङदाम्वे, संगिता थापा र राजु पोखरेल रहेका छन् ।
अध्यक्षलगायत अन्य कही पदमा सहमती हुन नसकेपछि चुनावी प्रकृयामा जानु परेको निर्वाचन समितिका संयोजक कार्कीले बताए । संयोजक कार्कीका अध्यक्ष पदमा दुई जनाले उम्मेद्वारी दर्ता गराएका थिए । उम्मेद्वारी दर्ता गराउनेमा मेचीनगर–१ का सुरेन कन्दङ्वा, मेचीनगर–११ का सुनिल राजवंशी रहेका छन् ।
सुनिल राजवंशी मेचीनगरको पुर्व जनप्रतिनिधि हुन् । सानै उमेरमा जनताको मन र मत जित्दै जनप्रतिनिधि बनेका राजवंशी युवा पुस्ताका आशलाग्दा युवा हुन् । सुरेश कन्दङ्वा पनि गाडागल्ली इनोभेटिक सोसाइटीको अध्यक्ष, गडागल्ली स्पोर्ट क्लबको अध्यक्ष लगायतमा कुशलतापूर्वक नेतृत्व गर्दै आइरहेका लोकप्रिय युवा हुन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
