भदौ २० देखी २६ सम्म बाहुनडाँगी जेसीज सप्ताह
इटाभट्टा । बाहुनडाँगी जेसीजले जेसीज सप्ताहा मनाउने भएको छ । आगामी भदौ २० भदौ २६ गतेसम्म जेसीज सप्ताहा मनाउन लागेको हो ।
लोक सांस्कृतिक नृत्यसहित विविध कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने लागेको बाहुनडाँगी जेसीजका अध्यक्ष केवल निरौलाले जानकारी दिए । जेसीज सप्ताह मनाउनका लागि कार्यकारिणी उपाध्यक्ष सामुल रायाको मूल संयोजकत्वमा विभिन्न समिति समेत निर्माण गरेर जिम्मेवारी प्रदान गरिएको निरौलाले जानकारी दिए ।
उनले शनिवार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पाँच दिनमा आठवटा कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने र सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । आगामी भदौ २० गते कृष्ण जन्म अष्टमीका दिन मेचीनगर –१ स्थित कृष्णथुम्की मन्दिरमा पानी वितरण गरेर उद्घाटन हुने जेसीस सप्ताह बिभिन्न कार्यक्रम सम्पन्न गर्दै भदौ २६ गते हात्ती रिसोर्टमा समापन हुने अध्यक्ष निरौलाले बताए ।

उनका अनुसार २० गते उद्घाटन तथा कृष्ण थुम्कीमा पानी वितरण, २१ गते मेचीनगर १ स्थित दीपेन्द्र प्राविमा शैक्षिक सामाग्री वितरण, २१ गतेनै एरिना फुटसल धुलाबारीमा मैत्रपूर्ण फुटसल खेल, २३ गते मेचीनगर –४ स्थित सामुदायिक हलमा मेचीनगर स्तरीय अन्तर मावि लोक सांस्कृतिक नृत्य प्रतियोगिता, २५ गते मेचीनगर – २ वडा कार्यालयमा पव्लिक स्पिकिङ तालिम सोहिदिन बलभद्र आधारभूत विधालयमा सर्पदंर्श उपचार सम्बन्धी तालिम त्यसपस्चात सोही दिन मेचीनगर– २ को वडा र्कालयमा महिला नेतृत्व विकास तालिम सम्पन्न हुने छ ।
अध्यक्ष निरौलाले जेसीजले हरेक बर्ष सामाजिक क्षेत्रमा योगदान गर्दै जेसीज सप्ताह मनाउने गरेको बर्ताए । जेसीजका उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक सामुल रायाले सप्ताह भरी गरिने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए । पत्रकार सम्मेलनमा बाहुनडाँगी जेसीसका पूर्व अध्यक्ष तथा मेचीनगर–२ का अध्यक्ष दीपक बरालको समेत उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको संयोजन जेसीजकर्मी देबु बानियाँले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
