मेचीनगर : डेंगु संक्रमण परिक्षणका लागि निःशुल्क किट
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले डेंगु संक्रमण परिक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अहिले डेंगु जाँच्नका लागि डेंगु कीट नि:शुल्क व्यवस्था गरिएको जनाएको हो ।
मेचीनगरमा अहिलेसम्म ४९ जनामा डेंगु शंक्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार नगरमा एक सयबढी शंकास्पद बिरामीमा परिक्षण गर्दा ४९ जनामा डेंगु शंक्रमण पुष्टि भएको जानकारी दिइन् ।
अहिले मौसम परिवर्तनले गर्दा ज्वरो आउने बिरामीको संख्या बढ्दै गएको छ । ज्वरो आउँदैमा ती सबै बिरामलाई डेंगु संक्रमण नहुन सक्ने उनको भनाइ छ ।
अहिले बाहुण्डाँगी स्वास्थ्य चौकी, काँकरभिट्टा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ केन्द्र धुलाबारी, ज्यामिरगढी स्वास्थ्य चौकी, दुहागढी स्वास्थ चौकी र धाइजन स्वास्थ्य चौकीमा डेंगु जाँच्नका लागि डेंगु कीट नि:शुल्क व्यवस्था गरिएको उनले बताइन् ।
स्वास्थ्य कार्यालयको मापदण्ड अनुसार तीन दिन भन्दा बढी ज्वरो आएको, रगतको सिभिसी जाँच पश्चात् आवश्यक भएकाहरूलाई अहिले निःशुल्क डेंगु जाँच्नका लागि किटको व्यवस्था गराउने गरिएको स्वास्थ्य प्रमुख निरोलाले बताइन् । साथै उनले अहिले जोखिम युक्ति ठाउँमा डेगुको लार्भे मार्ने विटिआई औंषधि छर्कने तयारी भइरहेको उनले बताइन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
