प्रदेश माननीयलाई मेयरको उम्मेदवार बनाएपछि विद्रोह गरेको थिए : घिमिरे
काँकरभिट्टा । स्थानीय तहको चुनावताका रुँदै–रुँदै नेकपा एमाले छाडेका जिल्लास्तरीय नेता डिल्लीराम घिमिरेलाई त्यसबेला गरिएको कारबाही फुकुवा गर्दै मंगलबार एमालेले पुनः जिल्ला कमिटीमा मनोनित गरेको छ ।
घिमिरे गत स्थानीय तहको निर्वाचनका बेला एमालेका तर्फबाट मेचीनगर नगरपालिकाका नगरप्रमुख पदको उम्मेदवारीमा दावी गरेका नेता हुन् । तर, एमाले छाड्दै स्वतन्त्र तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिए ।
एमालेले जिल्ला सदस्यमा पुनः बहाली गरेका घिमिरे त्यतिबेला पार्टीमा विद्रोह जरुरी भएकाले उक्त निर्णय लिएको बताउँछन् । उनले भने, ‘पार्टीमा थुप्रै कार्यकर्ता हुँदाहुँदै प्रदेशको माननीयलाई मेयर पदको उम्मेदवार बनाउने पार्टीको निर्णय गलत थियो । मैले आफूले टिकट नपाएकोमा भन्दा पनि अवसर पाइरहेकै मान्छेलाई, कार्यकाल नै नसकी मेयरमा ओरालेकोमा विद्रोह गरेको हुँ ।’ उनले भने, ‘पार्टीले तत्कालिन प्रदेशका माननीय गोपाल बुढाथोकी बाहेक जसलाई टिकट दिएको भए पनि पार्टी छाड्ने थिइन ।
‘आफूले लामो समयसम्म मिहेनत गरेर बनाएको पार्टीले एकै व्यक्तिलाई जागिर खुवाउने किसिमको निर्णय गरे पछि मैले रुँदै–रुँदै पार्टी छाडेको हुँ । तर, मान्छेहरुले मेयर नपाएर रोएको भन्ने प्रचार गरे’ उनले भने । उनले आफ्नो विद्रोह पार्टीको त्यो निर्णयप्रति मात्र भएकाले गत कार्तिक १४ गते नै विज्ञप्ति सार्वजनिक गर्दै पार्टीलाई आफ्नो कारबाही फुकुवा गर्न माग गरेको जानकारी दिए ।
उनले आफू पुनः पार्टीमा फर्किनु प्रति कुनै पनि संसदीय अभिलाशा नभएको बताएका छन् । उनले भने, ‘आफूले माया गरेको संघर्ष गरेको पार्टी हो, मैले छाडेर कतै जान सक्ने कुरै भएन र जान्न पनि ।’ तर, फेरि पनि पार्टीले त्यसरी नै एकै व्यक्तिलाई मात्र केन्द्रमा राखेर निर्णय गरे विद्रोह गर्न पछि नहट्ने उनले बताए । घिमिरेले आफूलाई जिल्ला कमिटीमा पुनः बहाली गरेको कुनै औपचारिक जानकारी नपाएको बताएका छन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
