मेचीनगर ४ : हात्ती दिवसका अवसरमा आनीबानी, महत्त्व र सहअस्तित्व बिषयमा छलफल

मेचीनगर । मेचीनगर-४ वडा कार्यालयमा विश्व हात्ती दिवसका अवसरमा हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयलको आयोजनामा कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी बृत्तचित्रद्वारा जानकारी गराइएको कार्यक्रममा मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, नागरिक समाज अध्यक्ष निलकण्ठ तिवारी, पूर्व मेचीनगर ४ का वडाध्यक्ष नविन बराल, डिल्लिराम घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।
वडा कार्यालय हलमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजसेवी, विभिन्न टोलका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा स्वागत आर आर टी का अध्यक्ष न्यूटन कार्की र सञ्चालन वडासचिव युवराज पोख्रेलले गरेका थिए ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...