मेचीनगरका मेयर उत्रिए ‘एक्सन’मा
मेचीनगर । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका ‘एक्सन’मा उत्रिएको छ । आइतबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको टोलीले धुलाबारी बजार क्षेत्रका किराना पसलमा आकस्मिक अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिएको थियो ।
मेचीनगर नगरपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ । पहिलो चरण अन्तर्गत व्यवसायीलाई सम्झाइ बुझाइ गरेको र आगामी दिनमा कमजोरी भेटिए तत्काल कारवाही गर्ने नगर प्रमुख बुढाथोकीले बताए ।
अनुगमनमा नगर उपप्रमुख मीना उप्रेती, कृषि शाखा प्रमुख दिपेन्द्र कार्की, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसार्इं लगायत प्रहरी प्रशासन सहभागी थिए ।
नगरको अनुगमन टोली आउने सूचना थाहा पाएका केही व्यापारीले सटर बन्द गरेर भागे भने केहीले अनुगमन टोलीलाई जवाफ दिन सकेनन् । भारतीय सीमा नजिक रहेका पसलहरुमा अधिकांश सामानहरु भारतीय नै प्रयोग हुने गरेको जनगुनासो बढिरहेको छ ।
…………………………
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
