मेचीनगरमा लापसे चेकजाँच : तीन चालक प्रहरी नियन्त्रणमा
काँकरभिट्टा । लागु औषध सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले बुधवार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-७ स्थित प्यारीभिट्टामा सवारीसाधनको लापसे चेकजाँच गर्ने क्रममा लागु औषध सेवन गरी सवारी चलाउने तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाएको छ । लापसे चेकजाँचमा जिल्ला ट्राफिक, इप्रका काँकडभिट्टा, ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टा, यातायात व्यवसायी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सवारीसाधन चलाउने चालकहरूलाई घटनास्थलमै लापसे जाँच गराउँदा तीन जना चालकले सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि पछिल्लो समयमा लापसे अभियानमा लागि परेको बताइएको छ । सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान गरिएका प्रेस हर्न समेत जफत गरेका थिए ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
