शिक्षा सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा
मेचीनगर । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकजना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाले धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि कर्जा मिनाहा गरेको हो ।
शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तिय कारोवार गर्दै आएका मेहताको गत फागुनमा पेट सम्वन्धी रोगका कारण मृत्यु भएको थियो ।
मेहताको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए ।
कर्जा मिनाहासँगै मेहता परिवारलाई मृत्यु संस्कार राहतवापत १५ हजार रुपैयाँ प्रदान गरिएको संस्थाका सदस्य एवम् सेवा केन्द्र धुलावारीकी प्रमुख विपना तिम्सिनाले बताइन् ।
संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । यसअघि पनि शिक्षा बहुउद्देश्यीयले मृतक ऋणी सदस्यको कर्जा मिनाहा गरेको थियो ।
संस्थाले कर्जा मिनाहा गर्दै उक्त रकम मेहताकी श्रीमती मञ्जुदेवीलाई उपलब्ध गराएको छ । संस्थाका उपाध्यक्ष मिश्र, सचिव सूर्यकुमार खतिवडा र सञ्चालक सदस्य लक्ष्मीप्रसाद घिमिरेको उपस्थितिमा कर्जा मिनाहाको जानकारी पत्र दिइएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
