मेचीनगर नगरपालिका : एक सय ५९ जनाले पाए उपचार सहयोग

मेचीनगर । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका १५९ जना विरामीले चालु आर्थिक बर्षमा रु. एक लाखका दरले उपचार सुविधा पाएका छन् ।
नगरपालिकाले क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात लगायतका रोग लागेका विरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।
स्वास्थ्य शाखाले जनाए अनुसार क्यान्सरका ९० जना, मृगौला प्रत्यारोपणका २८ जना, मुटुका २२ जना र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।
नेपाल सरकारले क्यान्सर, मुटु, मृगौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।
सरकारले बिरामीलाई सिधै रकम दिदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालहरुले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् ।
यसैगरी पालिकाले नगर क्षेत्रका २०१ जना विरामीलाई नगद रु। पाँच हजारका दरले औषधि उपचार खर्च वापतको रकम वितरण गर्ने तयारी गरेको छ ।
चालु आर्थिक बर्ष २०७९र०८० मा नगरमा उपचार माग भएका २०१ जनाको रु। ८७ लाख २० हजार वितरण गर्ने तयारी गरेको छ । सरकारले जटिल प्रकृतिका विरामीका लागि मासिक रुपमा रु। पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ ।

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...