सभापतिका उम्मेद्वार पोखरेलका ९ प्रतिवद्धताहरु
काँकरभिट्टा । नेपाल परिवार नियोजन संघ झापाको शनिबार हुने निर्वाचनमा सभापति पदका उम्मेदवार गणेशप्रसाद पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले आफू सभापतिमा विजयी भएपछि नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई पूर्णता दिने, अहिलेको भवन पुरानो भएकाले नयाँ र आधुनिक भवन निर्माणका लागि स्रोत व्यवस्थापन गरी काम सुरु गर्ने प्रतिवद्धता उल्लेख गरेका छन् ।
यसैगरी, चारआली, पृथ्वीनगर र दमकको क्लिनिकल सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन समन्वय गर्ने घोषणा गरेको सभापतिका उम्मेदवार पोखरेलले स्वयमसेवक र कर्मचारी बीचको समन्वयलाई प्रभावकारी बनाउने जनाएका छन् ।

संघका सबै सदस्यलाई संघले सञ्चालन गर्ने नीति, योजना र कार्यक्रममा सहभागिताको वातावरण बनाउने, गलत नियतले हटाइएका संघका सदस्यलाई पुनः सदस्य बनाउने, सामाजिक काममा अगुवा रहनु भएका नागरिकलाई संघको सदस्य बन्ने वातावरण बनाउने पोखरेलको प्रतिवद्धता छ ।
संघप्रतिको विश्वासको वातावरणलाई बृद्धि गर्दै झापाको अग्रणी सामाजिक संस्थाको रुपमा स्थापित गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरी आधारभूत तहमा सचेतना अभियान सञ्चालन गर्ने र संघका अग्रजहरुको अनुभव र युवाहरुको योजनासहित स्मारिका प्रकाशित गर्ने पोखरेलले प्रतिवद्धता गरेका छन् ।
संघको निर्वाचन असार ३० गते शनिबार संघको कार्यालय चन्द्रगढीमा हुनेछ । जिल्ला सभापतिका उम्मेदवार पोखरेललाई नेकपा एमालेले आधिकारिक उम्मेदवार घोषणा गरिसकेको छ । पोखरेललाई विजयी गराउन नेपाली कांग्रेस र राप्रपाले पनि साथ दिएको दावी गरिएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
