खड्काले कुटे मेचीनगरका कर अधिकृत खनाललाई
मेचीनगर । राजाको शासनकालका मेयर कल्याण खड्काले कर अधिकृत चक्रपाणी खनाललाई कटेका छन् । आज झापाको मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी अधिकृत चक्रपाणी खनालमाथी हातपात गरेका हुन् ।
पूर्व मेयरसमेत रहेका कल्याण खड्काले आज दिउँसो साढे ४ वजे नगरपालिकाका कर अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् ।
खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला मेरो चेक किन नबनाईदिएको भन्दै एक्कासी छातीमा समाएर ढेकालेको खनालले बताए । उनले भने ‘वडा नम्बर ५ को कार्यालयको काम सकेको एक महिना भयो’, एक हप्तादेखि चेकका लागि ताकेता गरे । १६ लाख भुक्तानी पाउन थियो । अझै चेक नबनाएका कारण आक्रोस आँउदा ढेकालेको हुँ ।’
सैवीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई र कोशी प्रदेश समितिले साँझ एक विज्ञप्ती निकालेर कर्मचारीलाई हातपात गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाको तोकिएको काम, कर्तव्य र जिम्मेवारी निर्वाह गरिरहेको बेला गालीगलौच, अमानविय व्यवहार गर्ने क्रियाकलापबाट कर्मचारीबाट नियमित सेवा प्रवाह गर्न नसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गालीगलौच र अमानविय व्यवहार गर्ने मेचीनगर–१० निवासी कल्याण खड्कामाथि कडा भन्दा कारवाही गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ । साथै कर्मचारीलाई काम गर्न सहज वातावरण बनाइदिन सम्पूर्ण नगरवासी र जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।
विज्ञप्तीमा एशोसिएशन इकाई अध्यक्ष रविनसन थापा र कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलको हस्ताक्षर रहेको छ ।
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...


