खड्काले कुटे मेचीनगरका कर अधिकृत खनाललाई

मेचीनगर । राजाको शासनकालका मेयर कल्याण खड्काले कर अधिकृत चक्रपाणी खनाललाई कटेका छन् । आज झापाको मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी अधिकृत चक्रपाणी खनालमाथी हातपात गरेका हुन् ।
पूर्व मेयरसमेत रहेका कल्याण खड्काले आज दिउँसो साढे ४ वजे नगरपालिकाका कर अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् ।
खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला मेरो चेक किन नबनाईदिएको भन्दै एक्कासी छातीमा समाएर ढेकालेको खनालले बताए । उनले भने ‘वडा नम्बर ५ को कार्यालयको काम सकेको एक महिना भयो’, एक हप्तादेखि चेकका लागि ताकेता गरे । १६ लाख भुक्तानी पाउन थियो । अझै चेक नबनाएका कारण आक्रोस आँउदा ढेकालेको हुँ ।’
सैवीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई र कोशी प्रदेश समितिले साँझ एक विज्ञप्ती निकालेर कर्मचारीलाई हातपात गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाको तोकिएको काम, कर्तव्य र जिम्मेवारी निर्वाह गरिरहेको बेला गालीगलौच, अमानविय व्यवहार गर्ने क्रियाकलापबाट कर्मचारीबाट नियमित सेवा प्रवाह गर्न नसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गालीगलौच र अमानविय व्यवहार गर्ने मेचीनगर–१० निवासी कल्याण खड्कामाथि कडा भन्दा कारवाही गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ । साथै कर्मचारीलाई काम गर्न सहज वातावरण बनाइदिन सम्पूर्ण नगरवासी र जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।
विज्ञप्तीमा एशोसिएशन इकाई अध्यक्ष रविनसन थापा र कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलको हस्ताक्षर रहेको छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...