मेचीनगर ८ : सालबारी मै सुरु भयो प्रयोगशाला (ल्याब)
मेचीनगर नगरपालिका वडा नं ८ मा प्रयोगशाला (ल्याब)को सेवा शुभारम्भ गरिएको छ । मेचीनगर नगरपालिका आधारभूत स्वास्थ्य केन्द्र सालबारीको सालबारीमा प्रयोगशाला (ल्याब)को सेवा शुभारम्भ गरिएको हो ।

आज एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले प्रयोगशाला (ल्याब)को शुभारम्भ गरेका हुन् । मेचीनगर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गिरीराजमणि धमलाको रगत नमूनाको रुपमा सो (ल्याब) मा परिक्षण गरिएको थियो । कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं ८ का जनप्रतिनिधि कुन्दन निरौला, विष्णु भट्राई लगायतको उपस्थिति रहेको थियो ।

समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले प्राथमिक स्वास्थ वाड वाडमा पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । नगरका कुनैपनि नागरिक प्राथमिक सेवाबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ वडा मै प्रयोगशलाको शुभारम्भ गरेको बताए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
