मेचीनगर-४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा कार्यालयले साउन १ गतेदेखि लागु हुनेगरी वडाबासीको लागि जिल्लाभर नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो।
वडाध्यक्ष अर्जुनकुमार कार्कीले चुनावी घोषणा बमोजिम आफ्नो नेतृत्वमा रहेको मेचीनगर-४ वडा कार्यालयले वडाका आकस्मिक तथा विशेष विरामीहरूलाई जिल्लाभर एम्बुलेन्स सेवा नि-शुल्क प्रदान गर्ने निर्णय गरिएको बताए ।
विकास निर्माणसंगै जनताको लागि वडामा धेरै गर्नुपर्ने छ उनले भने, अहिले वडाबासीको दुस्खमा थोरै भएपनि समन्वय गर्ने प्रयास गरिएको बताए ।
मेचीनगर-४ मा वडाध्यक्ष कार्कीसंगै वडासदस्यहरु नुरबहादुर कार्की, पवन बराइली, गिता थापा लुङ्गेली र धनमाया कोइराला छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
