मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने
मेचीनगर । मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ ।
स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै बनाएर निरुत्साहित गर्न लागिएकाे नगरपालिकाले जनाएकाे हाे । नगरपालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै याे कुरा उल्लेख गरेको छ ।
नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जनभन्दा बढी चिया बगान छन् । चियालाई किराबाट जोगाउन बगानभित्रका रुखमा पहेँलो स्टिकर टाँस्ने चलन छ । जसका कारण मित्रुजीव नै नष्ट हुने थालेपछि पालिकाले बाध्य भएर स्टिकर नै हटाउने नीति नै अवलम्बन गरेेकाे नगर प्रमुख गाेपाल वुढाथाेकीले बताए ।
मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले पहेँलो स्टिकरले अन्य जीवमा पर्ने असरको बारेमा अध्ययन नै नगरि बगान मालिकले जथाभाबी प्रयोग गरेको बताईन्। ‘पछिल्लो समय नगरमा तोरी खेती र मौरीपालनमा किसानको आकर्षण बढेको छ’, उनले भनिन्, ‘तर बगान क्षेत्रमा चर्न आउने मौरीजस्ता मित्रुजीव त्यही स्टिकरमा टाँसिएर मर्छ ।’
उनले नगर क्षेत्रभित्रका चिया किसानसँग तत्काल छलफल गरेर स्टिकर हटाउने तयारी भइरहेको जानकारी दिईन् ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

