किसानसँगै मेयर बुढाथोकीले रोपे धान

मेचीनगर । राष्ट्रिय धान दिवसको अवसरमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले किसानसगँसगैँ धान रोपेका छन् । नेकपा एमाले मेचीनगर-१० वडा कमिटीले आयोजना गरेको रोपाई कार्यक्रममा प्रमुख बुढाथोकीले किसान सगैँ धान रोपेका हुन् ।
सो कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती लगायत नेता तथा कार्यकर्ताहरूले समेत धान रोपेका थिए । धाइजन ढाँट उत्तरपट्टीको खेतीमा धान रोप्ने कार्यक्रम आयोजना गरिएको हो। ।
धान दिवसको अवसरमा आज मेचीनगरका विभिन्न स्थानमा धान रोप्ने काम सम्पन्न भएको छ । धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थीहरुले धान रोपेर धान दिवस मनाएका छन् । आज असार १५ को अवसरमा मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकहरुले धान दिवस मनाएका हुन् ।
प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्न गरेका छन् । मन्टेश्वरीका विद्यार्थीलाई विद्यालय परिसरमा नै खेतको गरा बनाई रोप्ने गरिएको र कक्षा १ देखि कक्षा १२ सम्मलाई किसान अभिभावकसँग समन्वय गरेर मेचीनगरको विभिन्न स्थानमा लगेर असार १५ मनाउने गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...