किसानसँगै मेयर बुढाथोकीले रोपे धान
मेचीनगर । राष्ट्रिय धान दिवसको अवसरमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले किसानसगँसगैँ धान रोपेका छन् । नेकपा एमाले मेचीनगर-१० वडा कमिटीले आयोजना गरेको रोपाई कार्यक्रममा प्रमुख बुढाथोकीले किसान सगैँ धान रोपेका हुन् ।
सो कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती लगायत नेता तथा कार्यकर्ताहरूले समेत धान रोपेका थिए । धाइजन ढाँट उत्तरपट्टीको खेतीमा धान रोप्ने कार्यक्रम आयोजना गरिएको हो। ।

धान दिवसको अवसरमा आज मेचीनगरका विभिन्न स्थानमा धान रोप्ने काम सम्पन्न भएको छ । धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थीहरुले धान रोपेर धान दिवस मनाएका छन् । आज असार १५ को अवसरमा मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकहरुले धान दिवस मनाएका हुन् ।

प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्न गरेका छन् । मन्टेश्वरीका विद्यार्थीलाई विद्यालय परिसरमा नै खेतको गरा बनाई रोप्ने गरिएको र कक्षा १ देखि कक्षा १२ सम्मलाई किसान अभिभावकसँग समन्वय गरेर मेचीनगरको विभिन्न स्थानमा लगेर असार १५ मनाउने गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
