मेचीनगर : जटिल प्रकृतिका बिरामीले पाउने भए उपचार खर्च
मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् ।
सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सरका बिरामी, मेरूदण्ड पक्षघात) ले अहिलेसम्म सो उपचार खर्च वापतको पाउनुपर्ने रकम पाइरहेका थिएनन् । उनीहरूले रकम समयमा उपलब्ध नहुँदा समस्या झेलिरहेका थिए । तर, नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले दिने भनेको रकम उपलब्ध नहुदाँ नगरबासीलाई समस्या भएको भन्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बारम्बार पत्र पठाउँदै ताकेता गरेका थिए ।
नगरका जटिल प्रकृतिका बिरामीहरूको उपचारमा सहयोगका लागि नगर प्रमुख बुढाथोकीले माग भएका २०१ जना बिरामीको आर्थिक बर्ष २०७९/०८० को लागि उपचार खर्च वापतको रकम रू ८७ लाख २० हजार रूपैयाँ यथाशीघ्र उपलब्ध गराउन २०८० साल असार ४ गते मात्रै पनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका थिए । सोही अनुरूप मन्त्रालयले सो वापतको उपचार खर्च रकम ८७ लाख २० हजार रूपैयाँ रकम उपलब्ध गराएको छ ।
अब मेचीनगरका लक्षित बिरामी वर्गले राज्यले तोकेको उपचार वापतको रकम पाउने भएका हुन् । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार अब नगरपालिकाले प्रत्येक वडाबाट यकिन गरि दोहोरो सुविधा उपभोग नगरेका लक्षित बिरामीहरूलाई सो रकम उपलब्ध गराउने बताइन् ।
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

