झापा नेशनल : रोबोटिक्स फेयरमा भाग्य न्यौपाने
मेचीनगर । मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले १२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको दुई दिने ‘रोबोटिक्स फेयर’ मेला शनिबार सम्पन्न भएको छ ।
‘रोबोटिक्स फेयर’ मेलाको अन्तिम दिन अर्थात शनिबार पनि सयौंले अवलोकन गरेका थिए । सो दिन चर्चित युटुवर भाग्य न्यौपाने पनि सहभागी बनेका थिए । उनले विद्यार्थीले बनाएको रोबोटका बारेमा जिज्ञासा राखेका थिए । सोही क्रममा विद्यार्थीले रोबोटका विविध विषयमा जानकारी गराएका थिए ।
विद्यालय स्तरमा सम्भवतः पहिलो पटक आयोजना भएको रोबोटिक्स मेला सफलतापूर्वक सम्पन्न भएको झापा नेशनल स्कुलका संस्थापक प्रिन्सिपल कमल भेटवालले बताए ।
उनले विद्यार्थीको पहिलो प्रयासलाई विद्यालयले निरन्तरता दिने बताए । ‘रोबोटिक्स फेयर’ मेलाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।





मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
