सरस्वती माविको अध्यक्षमा आचार्य, पिटिएमा उप्रेती
बाहुण्डाँगी । सरस्वती मावि मेचीनगर ४ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोमबहादुर आचार्य सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै सम्पन्न विद्यालयको अभिभावक भेलाले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्षमा निर्वाचित आचार्य ३ दशक भन्दा लामो शिक्षण पेशमा रहेर काम गरेका अनुभवी व्यक्ति हुन् । नव ज्योति निमाविको पूर्व प्रधानाध्यापक समेत रहेका आचार्य गत वर्ष मात्र अनिवार्य अवकास हुनु भएको हो । आचार्यले आफ्नो कार्यकालमा नव ज्योतिलाई जिल्लाकै नमुना विद्यालयका रुपमा स्थापित गर्न सफल हुनु भएको थियो ।
समितिको सदस्यमा प्रविण भण्डारी, भानु दर्जी, जानुका दाहाल, माया राई, शिक्षक प्रतिनिधि अनिता थापा रहेका विद्यालयका प्रधानाध्यापक भिमबहादुर श्रेष्ठले बताउनु भयो ।
यसैगरी सोही भेलाले कौशल उप्रेतीको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । उप्रेतीलाई समेत सोही भेलाले पिटिएको अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । युवा व्यवसायी उप्रेती युवा राजनीतिक कर्मी समेत हुन्
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
