छड्के अनुसन्धान साप्ताहिकको कार्यालय उद्घाटन
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट प्रकाशन शुरू गरेको ूछड्के अनुसन्धानू साप्ताहिकको कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ। प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले रीबन काटेर उक्त कार्यालयको उद्घाटन गरेकि हुन्।

राज्यमन्त्री गजमेरले कार्यालय उद्घाटन गर्दै नाम अनुसारको काम गरेर अगाडि बढ्न शुभकामना दिइन्। यस्तै छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक एवम् सञ्चालक बालकृष्ण थापाले निकट भविष्यमा यसलाई मिडिया हवको रूपमा विकाश गरेर लैजाने उद्देश्य रहेको बताए। छड्के अनुसन्धान साप्ताहिक प्रत्येक हप्ताको सोमबार प्रकाशन हुँदै आएको छ ।
बालकृष्ण थापा सञ्चालक एवम् प्रकाशक रहेको उक्त साप्ताहिक पत्रिकाका सम्पादकमा खगेन्द्र घिमिरे रहेका छन् भने कार्यकारी व्यवस्थापकका रूपमा शेखर काजी थापा रहेका छन्।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


