खुट्टीडाँगी सामुदायिक वनको साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सामुदायिक वन परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले पर्यटन प्रवद्र्धनमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाहगरिरहेको बताए । नगर क्षेत्रमा रहेका सिमसार तथा सामुदायिक वनलाई सिंगार्ने अभियानमा नगरले हातेमालो गरिरहेको उनको भनाई थियो ।

सामुदायिक वनका अध्यक्ष टंक नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन महासंघ मेचीनगरकी सचिव जानुका ओली, तेजराज रिजाल, अस्मिता खरेल लगायततले बोलका थिए । कार्यक्रमको सञ्चालन सचिव सुस्मा कार्की डोलीले गरेकी थिइन् ।
पछिल्लो समय मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको छ ।

वन क्षेत्रमा पर्यटकको आकर्षण बढाउन समितिले चिल्डेन पार्क तथा सिमसार क्षेत्र सञ्चालनमा ल्याएको छ । करिब १२ हेक्टर जमिनमा फैलिएको सो वनलाई ‘टुक्रे वन’ भनेर पनि चिनिन्छ । वनलाई चारैतिरबाट गाउँबस्तीले घेरेको छ ।
समितिले वन परिसरमा पिकनिक स्पर्ट समेत सञ्चालनमा ल्याएको छ । आगामी दिनमा सो क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकासगर्न दीर्घकालिन योजना अघि सारिएको कार्यालय सचिव राजुधिमालले जानकारी दिए ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
