सहारा सहकारी पत्रकारिता पुरस्कारबाट मुखिया पुरस्कृत

झापा । सहारा नेपाल सहकारी संस्था लिमिटेडले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई प्रदान गरिएको छ ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको सहकारीको २४ औं वार्षिक साधारणसभाको अवसरमा मुखियालाई रु।२५ हजार नगद राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेशका नम्वर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले मुखियालाई सम्मान गरेका थिए ।
अढाई दशक अघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका पत्रकार मुखियाले पाएको पुरस्कारको रकम मध्ये ५ हजार ५ सय ५५ रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि प्रदान गर्ने घोषणा गरेका छन् । सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यस अघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।
पत्रकारितामा इमान्दारिता र लगनशिलता नै सफलताको आधार हो भन्ने ठानेका मुखियाले आफ्नो संस्था बाहिर पहिलोपटक पुरस्कृत हुन पाउँदा गौरव लागेको बताए । उनले यो पुरस्कारले आफूलाई थप जिम्मेवार र लगनशील भएर अघि बढ्न प्रेरणा मिलेको बताए ।
सहकारीका कार्यवहाक अध्यक्ष हरिवहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौला, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीका कार्यकारी निर्देशक महेन्द्र कुमारले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष उप्रेन्द्र प्रसाद ओलीले स्वागत गरेको कार्यक्रम चित्रकला ओली र शुक्रवहादुर तामाङले सञ्चालन गरेका थिए ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...