स्वयमसेवीकालाई वडाले दियो, साइकल, व्याग र छाता
धुलाबारी । मेचीनगर–१४ वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वडामा रहेका ५ जना स्वयम सेवीका हरुलाई एक– एक थान साइकल, व्याग र छाता वितरण गरेको छ ।
वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर वडाले सम्मान गरेको हो ।

स्थानीय सरकारले कामको मूल्याङकन गर्दै पहिलो पटक सम्मान गर्यो यसोदा खतिवडाले हर्षित हुँदै भनिन्,‘ अव हाम्रो काम धेरै सहज हुन्छ ।’
यसोदा मात्र होइन साइकल उपहार पाउने पाँचै जनाको अनुहारमा खुसी छाएको थियो । वडाले स्वयम सेवीकाहरुको कामको मूल्याङकन गर्दै यस आर्थिक वर्षको बजेट बाट रु ५० हजार रकम साइकल खरिदको लागि विनियोजन गरेको थियो । निशुल्क रुपमा आफ्नो वडामा रहेका बालबालिका हरुको स्वास्थमा चासो राखेर औषधि वितरण तथा खोप अभियानमा उनीहरु जुटदै आएका छन् ।

वडाअध्यक्ष बाबुलाला सुब्बाको सभापतित्वमा आयोजित कार्यक्रममा वडा सदस्यहरु लालमत मियाँ, दीपक सुवेदी, बिमला सेवा, र फूलकुमारी राजवंशी लगायतले साइकलको चावी, छाता र व्याग हस्तान्तरण गरेका थिए । वडानम्बर –१४ ले पहिलोपटक स्वस्थ्य स्वयम सेवीकाहरुलाई यस किसिमको सम्मान गरेको वडाध्यक्ष सुब्बाले बताए ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
