सुकुमबासीलाई भूमि आयोगका अध्यक्षको चेतावनी- गठबन्धनलाई नजिताए जग्गा पाइँदैन
निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै निरौला देशव्यापी दौडाहामा छन् । उनले गठबन्धनले चुनाव नजिते सुकुमबासीलाई जग्गा दिन नसकिने भनेपछि उनले बोलेको अडियोसहित उजुरी परेको छ ।
आयोगका अध्यक्ष निरौलाले गत साता झापाको मेचीनगरमा सुकुमबासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा १ बाट विश्वप्रकाश शर्माले जितेमात्र सुकुमबासीले जग्गा पाउने नत्र मुद्दा मामिला हुने भन्दै बोलेको अडियो सार्वजनिक भएपछि विवादमा परेका हुन् ।
मेचीनगरको वडा नं १० धुलाबारीस्थित पार्टीका एक कार्यकर्ताको घरमा सुकुमबासी भेला गरेर अध्यक्ष निरौलाले गठबन्धनलाई भोट दिएमात्र जग्गाको धनीपुर्जा दिलाउने प्रलोभन देखाएको आरोप छ । अडियोमा उनले गठबन्धन हारेर ठगबन्धनको सरकार बनेमा जग्गा नपाइने बताएको सुनिन्छ ।
निरौला भन्छन्, ‘विश्वप्रकाशजी नै यहाँ संसदमा उठेका छन्, अरु जेसुकै भए पनि यो कामका लागि (जग्गा दिलाउने) हामीले विश्वप्रकाशलाई जिताउनुपर्छ । गठबन्धनलाई जिताउनुपर्छ । मैले यो कुरा मेची महाकाली सबैतिर भन्दै आएको छु । शर्माको आग्रहमा म आएको छु, तपाईंहरुकोकुरा सुन्नलाई ।’
निरौलाले मेचीनगरको वडा नं १० र १५ का साथै बुद्धशान्तिमा सुकुमबासीको भेला आयोजना गरेर सत्ता गठबन्धन र उम्मेदवार शर्मालाई भोट मागेका थिए ।
निरौलाको टोलीमा आयोगका अन्य केन्द्रीय पदाधिकारी, आयोगका झापा अध्यक्ष तिलक पाण्डे, नेपाली कांग्रेस झापाका निवर्तमान सचिव प्रेम सम्बाहाम्फे, नेपाल शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष एवम् धुलाबारी माविका शिक्षक तेजप्रसाद चौलागाईंलगायतको उपस्थिति थियो ।
‘तपाईंहरुलाई हामी विश्वस्त तुल्याउँछौं, यो काम गर्छौं’, भेलामा सहभागी सुकुमबासीहरुलाई सम्बोधन गर्दै निरौलाले भने, ‘त्यसमा एउटा अवस्था चाहिँ के आउनुपर्छ भने नि, गठबन्धनको सरकार हुनुपर्छ । गठबन्धनको सरकार भएन भने काम हुँदैन । ठगबन्धनको सरकार बन्यो भने हामीलाई हटाइदिन्छ, हामी मुद्दामा जान्छौं । यस्तै हुन्छ ।’
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
