मेचीनगरका अधिकांश निजी विद्यालयले लत्याए शोक विदा
मेचीनगरका अधिकांश निजी विद्यालयले मानेनन् शोक विदा
मेचीनगर । प्रदेश नं. १ सरकारले वनमन्त्री शेखरचन्द्र थापाको निधनमा विहीवार दिएको शोक विदालाई मेचीनगरका निजी विद्यालयले ठाडो उल्लंघन गरेका छन् ।
प्रदेशका बहालवाला मन्त्रीको निधनमा प्रदेश सरकारले सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको थियो । तर, अधिकांश निजी विद्यालयले भने प्रदेश सरकारको निर्णय लत्याउँदै विद्यालय सञ्चालन गरेका हुन् । शोक विदामा पनि स्कूल सञ्चालन गरेर निजी विद्यालयले मनोमानी गरेको देखिन्छ ।
प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले विद्यालयमै शोक सभा गरेर पढाइ सुचारु गरिएको बताए । उनले सरकारी निर्णयलाई मान्दै आए पनि आकस्मिक भएका कारण विद्यालय सञ्चालन गर्नु परेको स्पष्ट पारे ।
यता, एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राई आबद्ध स्कूल अरुणोदयमा पनि शोक विदा भएन । उनले ढिलो सूचना पाएका कारण अभिभावकलाई जानकारी गराउन नसिकएको बताए । राईले लगातार तीन दिन विदा पर्ने भएकाले विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर विहीवार स्कूल सञ्चालन गरिएको जानकारी दिए ।
मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले सरकारी विदा सबैले मान्नु पर्ने बताए । यद्यपि, मेचीनगरका अधिकांश निजी विद्यालय शोक विदामा सञ्चालन गरिएको बारे जानकारी लिने बताए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
