धाइजनका मतदाताले खरेलसँग भने : शैक्षिक विकासमा पछि पर्यौ
धाइजन । मेचीनगर-१२ धाइजनका स्थानियले वडामा गुणस्तरिय शिक्षाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार अग्नि खरेल समक्ष वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गरिदिनुहुन आग्रह गरेका हुन् ।

सरस्वती माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता अनुरुपको दरबन्दी नहुँदा सोचे अनुरुपको शैक्षिक गतिविधि संञ्चालन गर्न नसकिएको भन्दै स्थानियले नेकपा एमालेका तर्फबाट उम्मेद्वार रहेका पूर्वकानुन मन्त्री खरेललाई माग गरेका छन् । त्यसैगरि अमर आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालयको पूर्वधार निर्माण र शैक्षिक स्तर उन्नतीको समेत माग राखेका थिए । मेचीनगर वडा नम्बर १२ शैक्षिक विकासमा पछि उम्मेद्वारसगँ समस्याहरु राखिएको स्थानिय केशव भुजेलले बताए ।

स्थानियको माग सुनिसकेपछि खरेलले भने, जनताको समस्या समाधान गर्ने पार्टी नेकपा एमाले भएकाले यहाँको हरेक समस्या समाधान गर्न म प्रतिवद्ध छु । ‘यहाँ देखापरेका सुकुम्वासी समस्या, मूढा व्यावसायीको बजारीकरण तथा आधुनिकरण, हडिया खोलामा तटबन्धन, सडक स्तर उन्नती, खानेपानी समस्या, सडक बत्ती विस्तारका लागि मेरो पहल कदमी रहनेछ ।’

झापा क्षेत्र नं १ प्रदेश ख बाट उम्मेद्वार रहेकी सविना बजगाईले यस क्षेत्रको विकासलाई आफुले प्राथमिक्तामा राखेर योजना बनाउने बताइन । घरदैलो कार्यक्रम अन्र्तगत उम्मेद्वार खरेल र बजगाइले मेचीनगर १२ साविक धाइजन ४, फाइटर चोक, सहरेडाँगी चोक, नयाँ बस्ती, कालीझोडा, नागवेली टोल, लगायतका मतदाताहरुको गुनासो सुनेका थिए ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
