जनताको समस्या नै हाम्रो एजेण्डा हो : अग्नि खरेल
मेचीनगर । जनताका समस्या नै आफ्नो एजेण्डा रहेको झापा क्षेत्र नं।१ का उम्मेद्वार अग्नि प्रसाद खरेलले बताएका छन् । चुनावी घरदैलो अभियानका क्रममा शनिवार मेचीनगर–४ पुगेका खरेलले जनताका समस्या नै आफ्नो एजेण्डा रहेको बताएका हुन ।
एमाले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज पुर्व कानुन मन्त्री एवम् पुर्व महान्यायाधिवक्ता खरेलले एमाले जनताको पार्टी भएको बताउँदै उनले आफु त्यसको सेवक भएको बताए । उनले भने जनता समक्ष एमालेले २० कामको ग्यारेन्टी गरेको छ । बाँहुनडागीको हरेक समस्या समाधानको ग्यारेन्टी चै म लिन्छु । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा झापा जिल्ला सह इन्चार्ज तथा क्षेत्र १ प्रदेश क का उम्मेद्वार समेत रहेका रविन कोइरालाले यस क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहेको बताए ।

झापा क्षेत्र नं १ निर्वाचन अभियान अन्र्तगत आज मेचीनगर-४ का मतदाताहरु सँग भेटघाट गरिएको हो । घरघरमा कार्यकर्ता टोलटोलमा उम्मेद्वार भन्ने मूल नाराका साथ एमाले झापा १ जनताहरुको घरघरमा पुगेको छ ।



मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

