जनताले दिएको मत खेर जान दिने छैनौं : कोइराला
झापा । नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोइरालाले आफ्नो पार्टीले सधै जनताको मतको कदर गर्ने गरेको बताएका छन् । संविधान सभा सदस्य समेत रहेका कोइरालाले एमाले सधै जनताको पक्षका रहेको बताए ।

आसन्न निर्वाचनमा झापा क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार कोइरालाले विगतको निर्वाचनमा यस क्षेत्रका जनताले मेचीनगर नगरपालिकाको संस्थापम मेयर हुँदाका बखत होस् वा दोस्रो संविधान सभाको निर्वाचनमा यस क्षेत्रबाट संविधान सभा सदस्यका लागि विजयी बनाउँदा होस् सधै आफुले यस क्षेत्रको आम मतदाताको साथ र आशिर्वाद प्राप्त गरेको बताए ।
उनले आसन्न निर्वाचनबाट पनि आफु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर बिगतको जस्तै यस क्षेत्रको समग्र विकासमा सरिक हुने प्रतिबद्धता जाहेर गरे । उनले यस क्षेत्रका आम मतदाताहरुको साथ र आशिर्वादले आफु बिगतका निर्वाचनमा झै यसपटक पनि निर्वाचित भएर यस क्षेत्रको जनप्रतिनिधिका रुपमा जनताको सेवामा सरिक हुने बताए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
