विकासको काममा जहिलै हाजिर हुनेछु : तामाङ
मेचीनगर । इटाभट्टा चोक दक्षिण बजार क्षेत्रमा सडकबत्ती बिग्रिएपछि उम्मेद्वारलाई बनाइदिन व्यवसायीले आग्रह गरेका छन् ।
मंगलबार लोकतान्त्रिक बाम गठबन्धन प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ मत माग्न पुगेका बेला व्यवसायी मिनु राजवंशीले यस्तो माग गरेकी हुन् ।
“सडक बत्ती बिग्रिएको महिनौँ भइसक्यो,” उनले भनिन्, “यहाँबाट जितेर गएका नेताहरुलाई भन्यौँ, कसैले टेरेनन् ।” उनले गोपाल तामाङ जस्ता व्यक्तित्वसँग आफूहरुले परिवर्तनको आशा गरेको बताइन् । उनले युवा उम्मेद्वार तामाङलाई भोट दिएर जिताउने बताइन् ।
सो क्रममा उम्मेद्वार तामाङले जनताका समस्यालाई सम्बोधन गर्न कुनै समय नपर्खिने बताए । उनले यहाँको समस्यालाई नजिकबाट बुझेको व्यक्ति भएको भन्दै परिवर्तनका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
घरदैलो अभियानमा केन्द्रित गठबन्धनका उम्मेद्वारले मंगलबार मेचीनगर-७ का विभिन्न टोलका मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् । मेचीनगर-७ को जोरसिमल, झिलझिले बस्ती, आनन्द टोल, मदन बस्ती, आदर्श टोल, करुणा टोल, एकता टोल, प्रशान्त टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, महाधिवेशन प्रतिनिधि टिका सुवेदी, विक्की मजुमदार, प्रदेश सदस्य रन्जिता कार्की, रुपसागर अधिकारी, वडा सभापति कञ्चन बराल, महिला संघ वडा सभापति गीता अधिकारीलगायत सहभागी थिए ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


