चुनावी परिचालन वडा कमिटीको संयोजकमा मिश्र

धुलाबारी । नेकपा एमाले र राप्रपा संयुक्त चुनावी परिचालन कमिटी बनाएर चुनावी प्रचारमा होमिएका छन् ।
मेचीनगरको वडा नं. १० मा सोमवार वडा कमिटीको संयुक्त भेलाले अग्रज एवम् जुझारु एमाले नेता कमल मिश्रको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेको छ ।
झापा क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेल र प्रदेश १ का नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेद्वार रबिन कोइरालालाई शानदार बहुमतका साथ बिजयी गराउन दुबै पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिने संयोजक कमल मिश्रले बताए ।
संयुक्त परिचालन कमिटीमा नेकपा एमाले र राप्रपाका अग्रज तथा युवा नेताहरु समेटिएका छन् ।
सोही बैठकले मिश्रकै संयोजकत्वमा सचिवालय कमिटी चयन गरेको छ । जसको सदस्य सचिवमा धर्मेन्द्र खड्का रहेका छन् ।
बैठकको अध्यक्षता एमालेका वडा कमिटी अध्यक्ष बलराम चिमरियाले गरेका थिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...