उपप्रमुख घटना प्रकरण : कार्वाहीको माग गर्दै नगरपालिकाले जारी गर्यो प्रेस विज्ञप्ति
मिति २०७७ साल मंसीर १८ गते यस मेचीनगर नगर कार्यपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती चढेको मे.१.झ १७२ नम्बरको गाडी संदिग्ध
समूहले जलाउने प्रयास गरेको घटनाप्रति मेचीनगर नगरकार्यपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्ती ।
चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला अपरान्ह ३ बजेतिर
मेचीनगर–१३ स्थित पूर्वपश्चिम राजमार्गको धाइजन र चारआलीबीच खण्डमा बाटो छेकेर उपप्रमुख चढेको गाडी रोकेर नचिनेको मानिसले जुन आगो
लगाउने प्रयास गरियो त्यसको नगरपालिका घोर निन्दा र भत्सना गर्दछ ।
चालकले गाडीअघि बढाउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेक्नु अत्यन्तै निन्दनीय कार्य भएको र यस्तो कार्य
नगरपालिकालाई कुनै हालतमा पनि सैह्य नहुने यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ । नगर उपप्रमुख उप्रेती र चालकको सावधानीपूर्ण
होशियारीले ठूलो घटना हुनबाट जोगिएको महशुस नगरपालिकाले गरेको छ ।
यस्ता अपराधिक घटनामा संलग्न व्यक्तिलाई तत्काल कारवाही नगरे आगामी दिनमा यस्ता घटना नबढलान् भन्न सकिन्न । अतः घटनामा संलग्नको
तत्काल खोजी पहिचान गरी कानून बमोजिम कार्वाहीका लागि स्थानीय प्रशासन समक्ष नगरपालिका जोडदार माग गर्दछ ।
बिमल आचार्यः नगर प्रमुख,
मेचीनगर नगरकार्यपालिका इंटाभट्टा,
१ नम्बर प्रदेश, झापा
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
