अप्राकृतिक गठबन्धनलाई परास्त गर्न कोइरालाको आग्रह
अप्राकृतिक गठबन्धनलाई परास्त गर्न कोइरालाको आग्रह
मेचीनगर, २९ असोज । झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेद्वार रविन कोइरालाले अप्राकृतिक गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् ।
शनिबार मेचीनगर–१० को खयरडाँगीमा आयोजित उम्मेद्वार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सिद्धान्त नमिलेका पार्टीहरुको अप्राकृतिक गठबन्धनलाई मतबाटै परास्त गर्न जनतालाई आग्रह गरे ।
‘गठबन्धनको चक्रव्युहँलाई तोड्न झापा १ का मतदाता सक्षम छन्’, कोइरालाले भने–‘समाजवादतर्फ जाने हो कि पुँजीवादतर्फ, गठबन्धन अन्यौलमा छ । सिद्धान्त विपरितका गठबन्धनको विपक्षमा उभिन मतदातालाई आग्रह गर्दछु ।’
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापाका सहइन्चार्ज कोइरालाले अप्राकृतिक गठबन्धनका नेताहरु मिले पनि नीति नमिलेको दावी गरे । नीति नमिलेका गठबन्धनले कसरी देशको विकास गर्छन् भन्दै उनले प्रश्न गरे ।
संघीय, प्रदेश र स्थानीय तहमा विकास र समृद्वि ल्याउने योजना एमालेसँग मात्र रहेको बताउँदै उनले गठबन्धन सरकारले देशलाई श्रीलंका बनाउने बाटोतर्फ लगेको आरोप लगाए ।
कार्यक्रममा झापा–१ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अग्नी खरेल, प्रदेश सभाका उम्मेद्वार कोइराला, राप्रपाका नेता हुमनाथ बराल लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेद्वार भीम खवास, प्रदेश सभा सदस्यकी उम्मेद्वार अञ्जु प्रसाई, एमाले केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, प्रदेश सभाका पूर्व सांसद श्रीप्रसाद मैनाली, एमालेका नेताहरु रामचन्द्र उप्रेती, राजु कार्की, देवकुमार राई, राजु पोखरेल लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
एमाले मेचीनगर–१० नम्बर वडाका अध्यक्ष बलराम चिमरियाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...