राष्ट्रिय युवा संघ मेचीनगर इन्चार्जमा श्रेष्ठ
मेचीनगर । राष्ट्रिय युवा संघ नेपालको मेचीनगर इन्चार्जमा कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बसेको युवा संघ झापाको दोस्रो पूर्ण बैठकले श्रेष्ठलाई सो जिम्मेवारी प्रदान गरेको हो ।
बैठकले सरोज मेहरालई क्षेत्र नं. १ को क्षेत्रीय संयोजक र पवन खतिवडालाई क्षेत्रीय सचिवको जिम्मेवारी पनि सुम्पेको हो । त्यसै गरी प्रदेश निर्वाचन क्षेत्र नं. १ ‘क’ को संयोजकमा मान बहादुर तामाङ र क्षेत्र नं. १ ‘ख’ को संयोजकमा अरुण थेबेलाई छनोट गरेको हो ।
साथै मेचीनगरबाट विनिता तामाङ, ममता मेचे, सन्जु तिम्सिना र अशोक सुब्बा लगायत जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
