दमक मालपोतमा घुस लिएको भिडियो खिचेका पत्रकार घिमिरेलाई कर्मचारीले कुटे
बिर्तामोड ।मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ।
मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका पत्रकार खगेन्द्र घिमिरेमाथि आक्रमण भएको हो।
कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ। पत्रकार घिमिरेका अनुसार मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचेको बताए।
शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस– १ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको उनले बताए।
‘घुस दिँदै गरेको भिडियो खिचेको भन्दै मसहित क्यामेरा पर्सन भास्कर श्रेष्ठले बोकेको क्यामेरा खोस्दै आक्रमण गरे,’ पत्रकार घिमिरेले भने, ‘कर्मचारीले घुस लिएपछि त्यस विषयमा कार्यालय प्रमुख तारा ढुंगेलसँग बुझ्न जाँदा उनकै अगाडि कर्मचारीका नाइके राजवंशीको उक्साहटमा लेखापढीहरूले आक्रमण गर्दै अनुहारमा दुई मुक्का प्रहार गर्नुका साथै लछारपछार गरे।’
स्थानीय क्लिनिकमा उपचार गराएका पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा कर्मचारी इन्द्र राजवंशी विरुद्ध किटानी जाहेरी दिएका छन् ।
यसैबीच पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले दोषिलाई कडा कारबाही हुनुपर्ने बताएका छन् । घटना लगत्तै पत्रकार घिमिरेसंग निरन्तर सम्पर्कमा रहेका उपाध्यक्ष गिरीले घटनाको वास्तविता बुझन महासंघको टोली भोली दमक आउने बताएको पत्रकार घिमिरेले जानकारी दिए ।
उपाध्यक्ष गिरीले दमकका अग्रज पत्रकारलाई तत्काल घटनास्थल पुगेर पत्रकार घिमिरेको सुरक्षाका लागि ध्यानाकर्षण गराउन र वास्तविकता बुझ्न आग्रह गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
