महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण : नगर प्रमुख बुढाथोकी
झापा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बिहीबार दुर्गेश्वरी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख बुढाथोकीले सहकारीले महिला र पुरूष बिचको आर्थिक समान्ता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।
संस्थाले साधारणसभाको अवसरमा ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जेष्ठ नागरिक सम्मानबाट गठेन मेचे चौधरी, एकल महिला तर्फबाट मनकुमारी मेचे, सफल कर्जा तर्फ माइस्री मेचे, नियमित बचत कर्ता तर्फ सन्देश श्रेष्ठ र उत्कृष्ट बचतकर्ता तर्फ हर्क कुमारी मगरलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापक गंगा प्रसाद मेचेले जानकारी दिए ।
संस्थाका अध्यक्ष सन्तोष मेचेले अध्यक्षको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर ८ का निवर्तमान वडाध्यक्ष विकेन्द्रकुमार धिमाल, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विकास देवकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी लेखा संयोजक लक्ष्मी मेचेले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव रेवन्तराज पोखरेल (अर्जुन) ले गरेका थिए ।



मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
