नविल बैंक लिमिटेडको १६० औँ शाखा काँकरभिट्टामा
मेचीनगर । आइतबारदेखि काँकरभिट्टामा नविल बैंक लिमिटेडको १६० औँ शाखा शुरु भएको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सांसद श्रीप्रसाद मैनालीले गरेका हुन् ।
बैंकले यो वर्षभित्र २ सय ६३ वटा शाखा पुर्याउने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए । बैंकको हालसम्म ३ सय ३० अर्ब रुपैयाँ निक्षेप र ३ सय १० अर्ब ऋण लगानी रहेको छ भने १७ लाख सदस्य रहेका मेची शाखा प्रमुख सरोज श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि १ नम्बर प्रदेश सभा सदस्य मैनाली, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेपाल उद्योगा वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डेलगायतले बोलेका थिए ।
समय अनुसार विभिन्न बैंकसँग एकीकरण हुँदै आएको नविल बैंकले पछिल्लो पटक नेपाल बंगलादेश बैंकसँग एकीकरणगरेको छ । दुबै बैंक एकीकरण भएपछि अहिले देशभर २ सय ३० वटा शाखा रहेको छ भने २ सय ६९ वटा एटिएम सेवा सञ्चालनमा रहेको छ ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
