यी हुन, एमालेबाट सिफारिसमा परेका झापा १ को प्रदेश उम्मेद्वार
बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि उम्मेद्वार सिफारिस गरिएको छ । आज सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई प्रदेशका उम्मेद्वारको नाम सिफारिस गरेको हो ।
बैठकले क्षेत्र नं. १ ‘क’ मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, कृष्ण कनाल, विष्णु सुबेदी, शोभा खवास, प्रमेकुमार भट्टराई, बन्धन मुण्डा, चन्द्र प्रसाई, रमा भण्डारी, राजु कार्की, इन्द्र बाँसकोटा, भुपाल ओली, राज पोख्रेल, निर्मला गौतम र रामचन्द्र उप्रेतीको नाम सिफारिस गरेको छ ।
यसैगरी क्षेत्र ‘ख’ रेणुका डाँगी, लक्ष्मी राई, घनश्याम अधिकारी, लता प्रसाई, यामनाथ बराल, हरि घिमिरे, पुरुषोत्तम अधिकारी र रमेश आचार्यको नाम सिफारिस भएको बताइएको छ ।
क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका रुपमा पार्टीका केन्द्रीय सदस्य रविन कोइराला सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

