अनेमसंघ क्रान्तिकारीले गर्याे असल सासु बुहारीलाई सम्मान
मेचीनगर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु बुहारीलाई सम्मान गरेको छ ।
मेचीनगरको कालिका सिमसारमा बुधबार तीज विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । प्रत्येक वडाबाट छानिएका असल सासु बुहारीलाई बाथरुममा प्रयोग हुने चप्पल, साबुन तथा साबुनदानी दिएर सम्मान गरेको हो ।

अनेम संघ क्रान्तिकारी मेचीनगर अध्यक्ष इन्दिरा पोखरेलको अध्यक्षता तथा अनेम संघ क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य निरु खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेम संघ क्रान्तिकारी जिल्ला अध्यक्ष बन्दना झाँगड, माओवादी केन्द्र मेचीनगर इन्चार्ज पुष्प गुरागार्इं, पार्टीका नगर अध्यक्ष राजन चिमरिया, अनेमसंघ मेचीनगर अध्यक्ष जानुका ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अनेमसंघ क्रान्तिकारी जिल्ला सचिवालय सदस्य पनिता ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघकी सहसचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा सहभागी ५सय महिलालाई दर समेत खुवाइएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
