मेचीनगरलाई ‘वर्ड सेन्च्युरी’ क्षेत्र घोषणा गरिने
काँकरभिट्टा । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर–७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेका छन् ।
सोमबार प्रेस क्लब मेचीनगरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको सार्वजनिक गरेका हुन् ।
उनले मेचीनगरमा ३०० प्रजातिका चराहरु रहेकाले तिनको संरक्षण गरिने बताए । मेचीनगर–१५ को पाहन वस्ती, वडा नम्बर ३ को कुसढुगां र वडा नम्बर १० को धुलाबारी र वडा नम्बर १ मा चराहरुको बासस्थान रहेको उनको भनाई छ ।
‘चराहरु एकै ठाउँमा त बस्दैनन्, उनीहरु स्वतन्त्र हुन्छन् तर ति माथि उल्लेख गरिएका ठाउँहरुमा केहि चराहरुको बासस्थान छ ।’
मेचीनगरमा चरा संरक्षित क्षेत्र (वर्ड सेन्च्युरी) घोषणा गर्ने योजना रहेको खरेलले बताए । खरेलले यसअघि मेचीनगर–७ स्थित सतिघट्टा क्षेत्रमा लोप भइसकेका हरित परेवा र इलाम सुर्योदय नगरपालिका–१ मा हंग्रायो चरा फेला पारेका थिए ।
पत्रकार सम्मेलनमा पत्रकारहरु मोहन काजी, दिपिन राई, कुमार भट्टराई, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, पर्वत पोर्तेल लगायतले चराको संरक्षणका विषयमा सुझाव र जिज्ञासा राखेका थिए । समाजका सचिव एसपी लुईटेलले चरा, मानाव र वन्यजन्तु संरक्षणका विषयमा चर्चा गरेका थिए । प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षता, स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
