सलल सेवा दिन कर्मचारीलाई मेयर बुढाथोकीको ठाडो निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाको सेवालाई सलल बनाउन कर्मचारीलाई ठाडो निर्देशन दिएका छन् ।
सोमबार मेचीनगर नगरपालिकाको सभाहलमा पाचौँ र त्यसभन्दा माथिल्लो तहका कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
‘जनतामा नगरपालिकाको सेवाप्रति नकारात्मक भावना जागृत भएको छ, नगरपालिकाको सेवाबाट जनता सन्तुष्ट छैनन्’ कर्मचारीसँग उनले भने ।
सेवा दिन आउने सबै सेवाग्राहीलाई समान व्यवहार गर्नुपर्नेमा त्यसो नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मेयर बुढाथोकीले भने, ‘१० देखि ५ बजेसम्मको समय तपाईँहरुले जनतालाई बेचेको समय हो, त्यो अवधिको सही सदुपयोग गर्नुस् ।’
‘सेवाग्राही कार्यालय परिसरभित्र अल्मलिरहेका छन्, उनीहरुलाई सहजीकरण गरी आवश्यक सहयोग गर्नु तपाईँहरुको दायित्व हो’ उनले थपे, ‘त्यसप्रति तपाईँहरु सजग बन्न जरुरी छ ।’
सोमबारबाट सुरु कर्मचारी सुदृढीकरण सम्बन्धी दुई दिवशीय कार्यक्रम मंगलबार समापन हुने बताइएको छ । मेयर बुढाथोकीले मंगलबार अन्य तहका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिने जनाइएको छ ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...