भदौ ३ गतेदेखि चलचित्र ‘माइकल अधिकारी‘ प्रदर्शनी हुने
बिर्तामोड । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने भएको छ ।
प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि चलचित्रको टिम यतिबेला देशव्यापी प्रचारप्रसारमा निस्केको छ । यसै क्रममा शनिबार कलाकार सहितको टिम पुर्वको शहर बिर्तामोड, इटहरी र बिराटनगरमा पुगेको छ । कलाकार सहितको टिमले विर्तामोडमा शनिबार पत्रकारसंग भेटघाट गर्दै चलचित्र सम्बन्धि जानकारी गराएको छ ।
उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भुमिका रहेको छ।

श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ राम्रो बनेको निर्माता निरक पौडेलले बताए । चलचित्र हेर्न जाने दर्शकको रकम खेर नजाने बताउँदै उनले भने, चलचित्र हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेमा आफुहरू ढुक्क रहेको बताए । निर्माता निरक पौडेलले सन् २०१५ को कथावस्तुमा फिल्म सुटिङ गरिएको र सरोगेसी आमाको सोच विचारलाई यसमा समेटिएको बताए । सरोगेसी विधि अपनाएका भारतीय सहरमा गरिएको रिसर्च अनुसार कथावस्तु तयार पारिएको पौडेलले बताए ।
करिब एक करोडको लागतमा बनेको चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
