आसाम डाउन टाउनको छात्रवृत्रि योजना : मेचीनगरमा वृहत अन्तरकृया
मेचीनगर । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि भर्नामा पाँच करोड भारुको छात्रवृत्रि उपलब्ध गराउने विषयमा शुक्रबार मेचीनगरमा वृहत अन्तरकृया भएकाे छ ।
आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिकाे आयाेजनामा मेचीनगर- ८ स्थित किरात याक्थुङ चुम्लुङकाे सामुदाहिक भवनमा भएकाे छात्रवृत्रि उपलब्ध गराउने विषयमा वृहत अन्तरकृया भएकाे हाे । कार्यक्रममा विधार्थी र अविभावकहरुकाे बाक्लो उपस्थित रहेकाे थियाे । कार्यक्रममा युनिभर्सिटीका नेपाल कोअर्डिनेटर एवम् नेपाल साझेदार संस्था लक्ष्मी एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शंकर भट्टराईले ‘यति ठूलो स्कलरशिप योजना पहिलोपल्ट नेपाली विद्यार्थीका लागि आएको उनले बताए । ‘गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने नेपालीहरुका लागि यसबाट धेरै फाइदा लिन सकिने उनले जानकारी दिए ।’
प्लस टु, डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीले यो छात्रवृत्तिमा पढ्न पाउने कम्तीमा एक सय जना विद्यार्थीले यो छात्रवृत्रिबाट लाभ पाउने उनले जानकारी दिए । छात्रवृत्ति पाउनका लागि अनलाइन कमन टेस्टमा सहभागी बन्नु पर्ने भट्टराईले जानकारी दिए।

शतप्रतिशत छात्रवृत्ति पाउनेले कुनै पढाई शुल्क बुझाउनु नपर्ने भए तापनि पचास प्रतिशत मात्र छात्रवृत्ति पाउनेले पढाई शुल्कको आधा रकम बुझाउनु पर्नेछ । दुई सय पचास फ्याकल्टीमा ६० वटा प्रोग्राम सञ्चालन भइरहेको युनिभर्सिटीमा एसईईपछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा, प्लस टुपछिको मेडिकल (पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आईटी, मानविकी, वाणिज्य लगायतका विषयमा विद्यावारिधि तहसम्मको पठनपाठन हुँदै आएको छ ।
आसाम डाउन टाउन युनिभर्सिटीमा अध्ययन गर्नेहरुले नेपालको त्रिभुवन विश्वविद्यालय र सीटीइभीटीबाट समकक्षता प्राप्त गर्ने उनको भनाई छ । स्थापनाकालदेखि नै नेपाल पार्टनरको रुपमा लक्ष्मी एजुकेसनले युनिभर्सिटीसँग सहकार्य गर्दै छात्रवृत्रि उपलब्ध गराउने विषयमा शुक्रबार मेचीनगरमा वृहत अन्तरकृया भएकाे छ । जनाउँदै भट्टराईले विद्यार्थीलाई लैजाने मात्र नभएर उनीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गरेर रोजगारमा पहुँच दिलाउने र सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको बताए । कार्यक्रमकाे सञ्चालन महासंघका संयाेजक ओम प्रकाश खापुङले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
