मेचीनगर सरकार : ढुंगागिटी रसिदको १८ लाख खै ?
मेचीनगर । मेचीनगर नगरपालिकाको ढुंगागिटी रसिद काण्डका बारेमा महालेखा परीक्षकको प्रतिवेदनले ‘फिर्ता नभएका सबै रसिदको आय यकिन गरी राजस्व उठाउन’ निर्देशन दिएको छ ।
मेचीनगर नगरपालिकाले गत आवमा स्थानीय नदीहरुबाट उत्खनन हुने ढुंगागिटी र बालुवाको निकासी कर संकलन गर्न कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीलाई जिम्मा दिएको थियो ।
तर, नगरपालिकाबाट लगिएका रसिदहरु कर उठाउन प्रयोग भए तापनि ती सबै रसिद र राजस्व पालिकामा बुझाइएको थिएन । यही विषयलाई ‘महालेखा परीक्षकको प्रतिवेदन २०७९’ मा उल्लेख गर्दै सबै रसिदको विवरणसहित पालिकामा नबुझाइएका रसिदको अवस्था यकिन गरी राजस्व असुल गर्न सुझाव दिइएको छ ।

प्रतिवेदनका अनुसार कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीले नगदी रसिद बुझेर नदीजन्य पदार्थ निकासीको कर संकलन गर्दा सबै रसिदको आय यकिन नगरेको र दोहोरो रसिद नम्बर राखी (एउटै नम्बरका दुई खाले रसिद) रकम संकलन गरेको उल्लेख छ ।
नगरपालिकाले आन्तरिक छानविन गर्दा एक सदस्यले १८ लाख ७५ हजार रुपैयाँ कर उठाएको रसिद फिर्ता नगरेको देखिएको र त्यो रकम समेत नगरपालिकाले असुल नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
ढुंगागिटी र बालुवाको निकासी कर उठाउन नगदी रसिदको जिम्मेवारी लिएर राजस्व नबुझाउने वडाध्यक्ष हाल नगरको एक पार्टीका सभापति छन् भने कार्यपालिका सदस्य अर्को एक दलका जिल्ला सदस्य छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

