राइजीङ युथ अफ मेचीनगर : ८२ जनाले गरे रक्तदान
मेचीनगर । राइजीङ युथ अफ मेचीनगरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । १२ महिला र ७० जना पुरुषले रगत दान गरेका हुन् ।
शनिबार मेचीनगर–९ स्थित गृहलक्ष्मी सहकारीको प्रांगणमा भएको रक्तदान कार्यक्रममा उत्साहपूर्ण सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोग रहेको थियो ।
राइजीङ युथ अफ मेचीनगरका अध्यक्ष भीम विष्टको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । सो क्रममा उनले युवाहरुको सक्रियतामा भएको कार्यक्रमले अरुलाई पनि रक्तदान गर्न र गराउन प्रेरित गरेको बताए ।
कार्यक्रममा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा नं ११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर वडा नं १० का वडा सदस्य सोम ओझा, धुलाबारी खानेपानी समितिका अध्यक्ष अजय घिमिरे, मारवाडी सेवा समितिका उपाध्यक्ष सुनिलकुमार जैन, निवर्तमान वडाध्यक्ष गोपाल खड्का, समाजसेवी लक्ष्मी पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबोहाङ, रिदम नेपाल मेचीनगरका अध्यक्ष रुद्र रोक्का, वडा सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
राइजीङ युथ अफ मेचीनगरका उपाध्यक्ष सन्तोष कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य धिरज सुनारले गरेका थिए । हालै मात्रै गठन भएको उक्त संस्थाले पहिलो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको राइजीङ युथ अफ मेचीनगरका सदस्य सञ्जय श्रेष्ठले जानकारी दिए ।
मेचीनगर वडा नं ९ र १० का युवाहरु समेटेर राइजीङ युथ अफ मेचीनगर गठन भएको हो । युवाहरुलाई सामाजिक क्षेत्रमा उत्प्रेरित गर्ने उदेश्यले संस्था स्थापना गरिएको सदस्य श्रेष्ठले बताए । केही समय पछि राइजीङले थुप्रै सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको छ
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
