मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख
मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको निति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्चतर्फ ७० करोड ४० लाख ४० हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा नगर स्तरीय, वडा स्तरीय, संघबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सर्शत अनुदान, प्रदेश वित्तीय हस्तान्तरण मार्फत विषयगत सर्शत अनुदान, ऋणको सावा व्याज भुक्तानी र सम्पुरक कोषको शिर्षकमा रकम छुटाईएको छ ।
१५ वटा वडाहरुमा वडा स्तरीय आयोजनाका लागि १ कराेड, नगरस्तरीय आयोजनाका लागि २१ करोड विनियोजन गरिएको छ ।
मेचीनगरले संघबाट अन्तर सरकारी वितिय हस्तान्तरणतर्फ ४० करोड ४६ लाख, प्रदेश सरकारबाट पुँजीगत खर्चबाट ११ करोड १२ लाख ३ हजार रुपैयाँ, ऋण सावा व्याज भुक्तानीतर्फ ६ लाख र सम्पुरक कोषमा ५ करोड छुटाईएको छ ।
आज सुरु भएको नगरसभा असार १७ गते समापन हुने जनाएको छ ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...