मेचीनगरका प्रमुख उपप्रमुखलाई शिक्षककाे बधाई
मेचीनगर । नेपाल शिक्षक संघ मेचीनगरले मेचीनगरका नवनिर्वाचित प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई कार्यालयमा नै पुगेर बधाई दिएका छन् ।
मंगलबार नेपाल शिक्षक संघ मेचीनगर अध्यक्ष होमराज ढकाल, शिक्षक महासंघ झापा सचिव, तोयानाथ दाहाल, केशव गोलेलगायत मेचीनगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्यापन गर्ने नेपाल शिक्षक संघमा आबद्ध शिक्षक तथा प्रअहरुले नवनिर्वाचित प्रमुख उपप्रमुखलाई बधाई दिएका हुन् ।
बधाई दिन नगरपालिका पुगेको शिक्षकको टोलीले नगर प्रमुख बुढाथोकीलाई एक ज्ञापनपत्र समेत बुझाउदै नगरको शैक्षिक गुण्स्तरमा आवश्यक समन्वय गरिदीन आग्रह गरेका थिए ।
नगर प्रमुख बुढाथोकीले मेचीनगरलाई शैक्षिक हवको रूपमा विकशित गर्न आफुहरु लागि पर्ने जनाउँदै त्यस कार्यमा विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक शिक्षिकालगायत विद्यार्थीहरुको पनि महत्वपूर्ण भूमिका रहने हुँदा सबैले आआफ्नो ठाँउबाट लागि पर्न सुझाए ।
बधाई कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ झापा सदस्य रमेशकुमार दाहालले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
