मेचीनगर-१२ : मजदुरहरुको स्वास्थ्य विमाको व्यवस्था
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं.१२ का नवनिर्वाचित वडाध्यक्ष मधुसुदन निरौलाले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत वडाध्यक्ष पदमा निर्वाचित निरौलाले शुक्रबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेलगतै निरौलाले सेवाग्राहीहरुलाई प्राथमिकतामा राखेर आवश्यक कामजातको नि : शुल्क फोटोकपीको व्यवस्था गर्नुका साथै सुचिकृत मजदुरहरुको यकिन गरेर स्वास्थ्य विमाको व्यवस्था मिलाउने बताए ।

त्यस्तै उनले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सहयोग गर्ने कर्मचारी र निर्वाचनमा भाग लिने आमजनताहरुलाई शुभकामना, बधाई तथा धन्यवाद दिएका थिए ।
उक्त पदभार ग्रहण कार्यक्रममा निवर्तमान वडाध्यक्ष नरेन्द्र धिमाल, सदस्यहरु निलु गुरुङ, दिपक लामा, लिला सुब्बा, निर्वाचित वडाका जनप्रतिनिधिहरु कृष्णमाया बराइली, मिना लामा, मनोज खरेल, विशु मेचे लगायतको उपस्थिति रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


